सिटिजन्स लाइफको आईपिओको प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?


काठमाडौं । सटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निश्कासन गरेको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न भएको छ ।
धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको अनुसार सोमबार प्रि अलटमेन्ट सम्पन्न भएको हो । आईपीओको प्रि अलटमेन्ट सम्पन्नसँगै बाँडफाँडको मिति र समय पनि तय भैरसकेको छ । क्यापिटलको अनुसार भदौ २८ गते दिउँसो २ बजे क्यापिटलको आफ्नै भवन लाजिम्पाट काठमाडौंमा हुने भएको हो ।
कम्पनीले जारी अंकित मूल्य १ अर्ब १२ करोड ५० लाख बराबरको सर्वसाधारण समूहको सेयर प्राथमिक सार्वजनिक निश्कासन गरेको मध्ये ५ प्रतिशत (५,६२,५०० कित्ता) कर्मचारीहरुलाई र ५ प्रतिशत (५,६२,५०० कित्ता) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड १ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको थियो ।
कम्पनीले जारी गरेको सेयरमा १५ लाख ४१ हजार ९१४ जना आवेकबाट आवेदन परेको छ । कम्पनीले भदौ १५ गतेबाट भदौै १९ गतेसम्म आईपी जारी गरेको थियो ।
Shares