सिटिजन्सको कुल सम्पत्तीमा १०.१९ प्रतिशत र निक्षेप संकलनमा ११.६९ प्रतिशतको वृद्धि
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कुल सम्पत्तीमा १०.१९ प्रतिशतको वृद्धि भएको छ । बैंकको बार्षिक प्रतिवेदन अनुसार बैंकको आर्थिक वर्ष २०८०/८१ कोे अन्त्यमा कुल सम्पत्ती २ सय २२ अर्ब ६८ करोड २२ लाख ३१ रहेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा २ सय ४५ अर्ब ३८ करोड २९ लाख ६६ हजार पुगेको छ । जुन कुल सम्पत्तीको वृद्धि १०.१९ प्रतिशतको रहेको छ ।
त्यसै गरी बैंकले निक्षेप संकलन आर्थिक वर्ष २०८०/८१ मा १ सय ९१ अर्ब ६७ करोड ४६ लाख ७१ हजार निक्षेप परिचालन गरेकामा आर्थिक वर्ष २०८१ ८२/मा ११.६९ प्रतिशत वद्धि गरी २ सय १४ अर्ब ८ करोड १९ लाख ५२ हजार निक्षेप संकल गर्न सफल भएको छ । जसमध्ये ग्राहकहरुको निक्षेप २ सय ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रहेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप २ अर्ब ५८ करोड ११ लाख ५८ हजार रहेको छ । बैंकको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ५.३२ प्रतिशत, बचत निक्षेपको अंश ३४.२६ प्रतिशत मुद्धती निक्षेपको अंश ५१.८३ प्रतिशत, मागेको बखच तिर्नुपर्ने निक्षेपको अंश ८.०५ प्रतिशत रहेको छ ।
Shares