नेपाल लाइफले सेयरधनीलाई लाभांश नदिने

प्रकाशित:
०८ माघ २०८०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
माघ ७ गते आइतबार बसेको संचालक समितिको बैठकले सो आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगरिने निर्णय भएको कम्पनीले जनाएको छ । तर, आव २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका विवरण पारित गरि स्वीकृतिका लागि बीमा प्राधिकरण समक्ष पेश गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares