श्वेत-गंगा हाइड्रोपावरले डाक्यो साधारणसभा, सेयरधनीलाई लाभांश वितरण नगर्ने
काठमाडौं । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ५ गते बसेको संचालक समिती बैठकले कार्तिक १४ गतेका लागि २७ औँँ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
कम्पनीको २७ औँ बार्षिक साधारणसभा मंशिर ६ गते बिहिबार बिहान ११ बजेदेखि सेलिब्रेसन हाईट, बसुन्धरा काठमांडौमा सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरणको प्रस्ताव गरेको छैन ।
सभाले आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले कार्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ त्यसैले कार्तिक २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।
Shares