आईपिओ निष्काशनको प्रस्ताव पारित गर्दै क्रेस्ट माईक्रो लाईफ इन्स्योरेन्स

प्रकाशित:
०५ चैत २०८०

क्रेस्ट माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा आज बिहान ११ बजेदेखि शुभ होटल प्रा.लि बिरेन्द्रनगर सुर्खेतमा सुरु हुनेछ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितीले साधारणसभा आज गर्ने निर्णय गरेको थियो ।
सभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ । साथै सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares