सन नेपाल लाइफद्वारा अभिकर्ताहरूलाई ४ दिने सेल्स ट्रेनीङ्गको उद्घाटन
काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया “स्प्रिंग रिभर साइड रिसोर्ट” मा ४ दिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनीङ्ग (SIST) तालिमको शुभारम्भ गरेको छ । अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम माघ १९ गते सोमबार देखि सुरु भएको हो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फूँयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिकालाई महत्वपूर्ण भएको र यस्तो तालिमले संस्थागत क्षमता वृद्धि गर्न मद्दत पुग्ने बताए।
कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावत अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह तथा आधुनिक बीमा अभ्यासको आवश्यकता बारे प्रशिक्षण दिइएको थियो। काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया “स्प्रिंग रिभर साइड रिसोर्ट” मा ४ दिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनीङ्ग (SIST) तालिमको शुभारम्भ गरेको छ । अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम माघ १९ गते सोमबार देखि सुरु भएको हो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फूँयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिकालाई महत्वपूर्ण भएको र यस्तो तालिमले संस्थागत क्षमता वृद्धि गर्न मद्दत पुग्ने बताए।
कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावत अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह तथा आधुनिक बीमा अभ्यासको आवश्यकता बारे प्रशिक्षण दिइएको थियो।
Shares