नगद राम्रो कि बोनश सेयर ?

अर्थकागज
प्रकाशित: १६ मंसिर २०८०
Image description

पछिलो समयमा लाभाश दिएका बैंकहरुमा सिटिजन्स बैंकले आफ्ना शेयर धनिहरुलाइ ५.७९ प्रतिशत नगद लाभाश र एन आइ सि एशियाले २९ प्रतिशत बोनश सेयर दिए पछि नगद लाभाश राम्रो कि नगद लाभाश राम्रो भनेर चर्चा चलेको थियो । बोनश सेयर र नगद लाभाशको चककरले शेयरबजारमा समेत असर पर्ने गरेका छन । यसले शेयरबजारमा उटार चढाब देखिने गरेका छन । कतिपयको भनाइमा बोनश सेयर राम्रो भन्ने गरेका छन भने कतिपयले नगद लाभाश नै राम्रो भन्ने गरेका छन भने कतिपयले दुबै मिलाएर दिए राम्रो भन्नेहरु पनि नभएका होइनन । 

यस्तो चर्चा पब्लिक कम्पनिहरुले लाभाश बाड्ने सिजन सुरु भएपछि लगानिकर्ताहरु माझ चर्चा हुने गरेका छन । पब्लिक कम्पनिहरुले एक आर्थिक बर्ष समाप्त भए पछि कम्पनिको नाफाबाट आफ्ना शेयरधनिहरलाइ लाभाश बाड्ने गरिन्छ । शेयरबजारमा डे टुडे ब्यापार गर्ने लगानिकर्ताहरुको र बिज्ञ बिश्लेषकहरुको र शेयरबजार सम्बन्धि जानकारहरुको भनाइमा नगद लाभाश राम्रो भन्ने भनाइ रहेका छन ।

नगद लाभाशले बजार घट्दैन शेयर मुल्य समायोजन हुन्दैन ए जी एममा प्रस्ताब पास भएको दिन बाट नै शेयर धनिहरुले लाभाश पाउछ भने शेयर बजारमा शेयरको सख्या बढाउदैन शेयरको सख्या बढ्यो भने बिक्री चाप बढ्छ र शेयरको भाउ घट्ने हुन्छ । त्यसोत होल्डमा बस्ने शेयरधनिहरुको लागि भने बोनश शेयर रामे । त्यसैगरि होल्डमा नबस्ने शेयरधनीहरुको लागि भने नगद लाभाश राम्रो तर पनि धेरै जसो शेयरधनिहरु नगद लाभाश भन्दा बोनश शेयर नै राम्रो मान्ने गरेका छन । धेरै जसो शेयरधनिहरुमा बोनश शेयर प्रति आकर्षण रहेका छन भन्दा पनि फरक नपलाृ । त्यसोत होल्डमा बस्ने भबिष्यको लागि लगानि सरक्षित गर्ने शेयरधनिहरुको लागि बोनश शेयर नै राम्रो भन्दा पनि फरक नपर्ला । त्यसोत बोनश शेयरको नराम्रो पक्ष भनेको कनै कम्पनिले जति प्रतिशतको बोनश शेयर दिन्छ त्यति प्रतिशतनै बजार को भाउमा त्यतिनै प्रतिशतले शेयर समायोजन गरि शेयरको भाउ घटाउछन ।शायद कतिपय शेयरधनिहरुलाइ यसको बारेमा त्यति चासो लिएको ध्यान गएको पनि छैन होला । त्यसोत शेयरको मुल्य समायोजनल ेगर्दा पनि भबिष्यको लागि होल्ड गर्ने शेयरधनिहरुको लागि बोनश शेयर राम्रो हो भन्दा पनि फरक नपर्ला । शेयर होल्ड गरेपछि पछि शेयरको भाउ बढ्ने सम्भावना पनि रहन्छन । यसले शेयरधनिहरुला फाइदा नै हुने गरेका छन । यसकारणले पनि कतिपय शेयरधनिहरुको आकर्षण बोनश शेयरमा रहेको हो भनदा पनि फरक नपर्ला । त्यसोत बोनश शेयर बितरण गर्दा कम्पनिको पुँजी बढ्ने हन्छ । यस बर्ष जति बोनश शेयर दिएको छ अर्को बर्ष पनि बोनश शेयर वा नगद लाभाश दिनको लागि कम्पनिले नाफाको अनुपात बढाउन पर्ने हुन्छ । यदि पँजी बृद्धिको अनुपातमा नाफा बढाउन सकेन भने लाभाश बितरणमा कमि आउने हुन्छ र कम्पनिहरु दवाबमा पर्ने गर्छन ।

तर नगद लाभाशमा भने अर्को बर्ष जति आमदानि बढाउन सक्यो भने शेयरधनिहरुले पनि त्यहि अनुपातमा बढि लाभाश पाउने हुन्छ । त्योसोत कम्पनिको पुँजी बढाउन पर्ने कम्पनिहरुको लागि भने बोनश शेयर दिदा राम्रो एकातिर शेयरधनिहरुले पनि बोनश शेयर पाउने अर्कोतिर कम्पनिको पुँजी पनि बढ्ने तर कम्पनिको नाफा बढ्ेन भने प्रति शेयर आम्दानिमा नेगेटिभ असर पर्नै सक्छ । आर्थिक बर्ष २०७९ /०८० मा एन आइ सि एशिया बैंकले शेयरधनिहरुलाइ २९ प्रतिशत बोनश शेयर दिएको थियो यसकारणले बैंकको पुँजी २९ प्रतिशतले बढ्यो अर्को बर्ष एन आइ सि एशिया बैकले यस बर्षको अनुपातमा शेयरधनिहरुलाइ लाभाश दिनको लागि यहि अनुपातमा नाफ बढाउन पर्ने हुन्छ नभए अर्को बर्षको लाभाशमा असर पर्ने हुन्छ । पुँजी बढेको अनुपातमा नाफ बढाउन सकेन भने कम्पनिको प्रतिशेयर आम्दानि घट्ने हुन्छ भने यसको असर शेयरबजारमा समेत पर्ने हुन्छ ।

आर्थिक बर्ष २०७९ /०८० मा एन आइ सि एशिया बैंकले २९ प्रतिशत बोनश शेयर दिएको थियो यो लाभाश एक बर्षको होइन ३ बर्षको हो बिगत २ बर्ष देखि बैंकले शेयरधनिहरुलाइ लाभाश र्दिको थिएन त्यसोत बैक घाटामा गएकोले नदिएको भने होइन बैकले पुर्यायन पर्ने सामान्य नियम हरु पालना नगरेकोले नेपाल राष्ट बैंकले लाभाश रोकेको थियो बैंकले आर्थिक बर्ष २०७७ /७८ मा प्रति शेयर आम्दानि २०.१८ थियो आर्थिक बर्ष २०७८ ०८९ मा ३६.४५ थियो भनेआर्थिक बर्ष ०७९ ०८० मा ३८. ४४ थियो । ३ बर्षको ३० प्रतिशतको हाराहारीमा लाभाश दिदा पनि बार्षिक साधारण सभामा बोल्ने केहि बक्ता शेयर धनिहरुले कम्पनिको तारिफ गरे भने बैकको सि इ ओ लाइ डाइनामिक सि इ ओ भनेर सि इ ओको तारिफ समेत गरेको थियो ३ बर्षको ३० प्तिशत लाभाश दिदा पनि कम्पनि र सि इ ओको तारिफ गरेको देखेर सुनेर सभामा उपस्थित शेयर धनिहरुले यिनिहरुले कम्पनिबाट तगदा दक्षिणा भत्ता पाएको जस्तो छ भनेर ब्यङ्ग समेत गरे । कतिपयको शेयरधनिहरु र जानकार हरुको भनाइमा कम्पनिको बार्षिक साधारण सभाहरुमा बोल्ने केहि बक्ता शेयरधनिहरुलाइ कम्पनिले भत्ता दिने गरेको बताउछन यदि यो सत्य हो भने यो पनि एक प्रकारले घुष नै हो भ्रष्टाचार हो अनिमियता हो तर ब्यक्ति बिशेषको खल्टि बाट दिए मा थिकै हो तर कम्पनिको तर्फबाट कम्पनिको आम्दानिबाट दिने भनेको भ्रष्टाचार हो ।

बिगतमा पनि बैक तथा बित्त कम्पनिहरुले केन्द्रिय बैकको दवाबमा पुँजी बृद्धि गर्न परेकोले बोनश शेयरहरु मात्र बितरण गर्दा र कम्पनिहरु एक आपसमा मर्जर र एक्वाएर गर्दा शेयरबजारमा नकारात्मक असर परेको थिया । कम्पनिहरुको मर्जरले गर्दा शेयरधनिहरुसग एकै कम्पनिको धेरै शेयरहरु भएको कारणले बिक्री चाप बढेको कारणले शेयरको मुल्यमा गिरावत देखा परिरहेका छन । एकत नेपाल राष्ट बैंकको निति शेयरबजार मैत्री भएन यसले पनि शेयरबजारले गतिलिन सकिरहो छैनन । बिगतमा कम्पनिहरु मर्जर र एक्वार नभएको समयमा बैंकहरुको शेयर भाउ बजारमा हजार एघार सयको हाराहारीमा थियो मर्जर पछि शेयरधनिहरुसग एउटै कम्पनिको शेयरको थुप्रो भएको कारणले बजारमा बिक्री चाप बढ्कोले बाणिज्य बैंकहरुको शेयरको भाउ नै डेड २ सयमा झरिसकेको छन । यसले लगानिकर्ताहरुको अरबौ लगानि डुबिसकेका छन तर नेपाल राष्ट बैंक भने तमासे भइरहेका छन शेयरबजारका नियामक निकाय हरुको दरिद्रताले असक्षमताले अकर्मन्यताले गभर्नरको हठको कारणले लगानिकर्ताहरु निराश भइसकेका छन । कतिपय लगानिकर्ताले त यो गभर्नरको कार्यकाल कति सम्म रहेको छ बाकी छन कहिले सकिन्छ भनेर दिन गन्ति गरिरहेका पनि नभएका होइनन । यो नै गभर्नरको असफलता हो भन्दा पनि फरक नपर्ला ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर