हिमालयन उर्जा विकासको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन उर्जा विकास लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
कम्पनीको १०० प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता १ सय ८४ रुपैयाँ ५० पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ सय ६९ रुपैयाँका आधारमा समायोजन गरेको हो ।
नेपाल धितोपत्र बोर्डले असार ७ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।
Shares