११-२-२०८१, शुक्रबार

मल्टीपर्पस फाईनान्सको २ लाख ५० हजार कित्ता सेयर बेच्दै युनाईटेड इन्स्योरेन्स

अर्थकागज
प्रकाशित: २०८१-१-१०
Image description

मल्टीपर्पस फाईनान्स लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीहरुले २ लाख ५ हजार बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । फाइनान्सले आज सोमबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकका संथापक सेयरधनी युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ लाख ५० हजार ९७१ कित्ता सेयर बिक्रिका लागि फाइनान्समा निवेदन दिएको हो ।

संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र फाइनान्सको कम्पनी सचिवको कार्यालयमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ सो सेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुनेछ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर