नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा आज, लाभाशसहितका यी एजेण्डा पारित हुने

अर्थकागज
प्रकाशित: १७ जेठ २०८१
Image description

नेपाल पुनर्बीमा इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ औँ वार्षिक साधारण सभा आज जेठ १७ गते, विहिबार, बिहान साढे ९ बजेदेखि अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ जेठ ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको थियो त्यसैले वैशाख ६ गतेभन्दा अघि नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर