लगानीकर्ता माझ 'तरवार' लिएर खनिएको राष्ट्र बैंकप्रति 'ढाल' बनेर उभिने कहिले अर्थमन्त्री ज्यू ?

अर्थकागज
प्रकाशित: १२ भदौ २०८०
Image description

आज भन्दा झण्डै २ बर्ष अगाडी सेयर बजारमा २२ अरवको कारोबार हुन्थ्यो । त्यसबेला झण्डै ३४ लाख डिम्याट धारी लगानीकर्ता थिए । नेप्से ईन्डेक्स ३ हजार माथी थियो ।

ब्याजदर ८ प्रतिशतको हाराहारी थियो । त्यो आर्थिक बर्ष नेपाल सरकारले कर , कमिशन र अन्य दैदस्तुर गरी सेयर बजारबाट झण्डै १४ अरब सम्म आर्जन गरेको थियो । लगानीकर्ताको मुहारमा छुट्टै किसिमको चमक थियो ।

अर्थमन्त्री ज्यू ,

आजको मिति सम्म आई पुग्दा कारोबार रकम ( २०८०/०५/१२ गते ) ८६ करोडमा खुम्चिन पुग्यो । लगानीकर्ता बढेको बढेई ५८ लाख ( डिम्याटधारी ) पुगि सकेका छन् । हुदाहुदा ब्याजदरले नेटो काट्यो । आज हामीले त्यो ८ प्रतिशतमा लिएको सेयर धितोकर्जाको ब्याज १६ प्रतिशत सम्म तिर्नु परिरहेको छ । गत आर्थिक बर्षमा नेपाल सरकारले कर, कमिशन र अन्य दैदस्तुर गरी झण्डै ३ अरब जति मात्र आर्जन गर्यो । लगानीकर्तामा चरम निरासा छायो त्यसको परिणाम स्वरुप आज सम्म आफ्नै घरको ५ तल्लाबाट फालहाल्ने , बिष सेवन गर्ने, नारायणीको पुलबाट फालहाल्ने तथा आफ्नै घरको भर्याड. ईत्यादी ठाँउमा पासो लाग्ने गरी हामीले हाम्रा १९ जना साथी गुमाउनु पर्यो ।

अर्थमन्त्री ज्यू ,

भरखर चीनले बिगत ९ महिना देखि बजार घटिरहेको देखेर सेयर कारोबारमा लागू हुँदै आएको ०.१ प्रतिशत करलाई आधा घटाउने निर्णय गरेको छ । उक्त निर्णय अस्ती सोमबारदेखि नै लागू हुने भएको छ । चीनले विगतमा पनि धेरै पटक सेयर कारोबारमा लाग्दै आएको करमा हेरफेर गरेको थियो । सन् २००७ को मे महिनामा सेयर बजार उच्च गतिमा बढेपछि सन्तुलित बनाउन कर बढाएर ०.३ प्रतिशत पुर्याएकोमा बाजारले गति लिन छोडेको देखेर १ बर्ष पछिनै कर घटाएर ०.१ प्रतिशतमा झारिदिए पछी त्यहाँको सेयर बजारले गतिलिन थालेको दृष्टान्त हामी सामु छर्लड. छ । हामिले पनि बिध्यमान १० प्रतिशत , ७.५ प्रतिशत र ५ प्रतिशतको कर रकमलाई आधा घटाएर ( अस्ती सोमबार बाट चिनले आधा कर घटाए जस्तै ) पनि लगानीकर्तालाई राहत दिन सकिन्छ । झट्ट हेर्दा करको दर घटे जस्तो देखिए पनि दायरा धेरै फराकिलो हुने थियो र राज्यले करको माध्यमबाट झन धेरै आर्थिक प्रगती गर्ने थियो ।

अर्थमन्त्री ज्यू ,

बिगत २ बर्ष यता नेपाल राष्ट्र बैंक एकाएक किन हो थाहा छैन आम लगानीकर्ता माथी बिभिन्न बहाना बनाएर तरवार लिएर खनिन थाल्यो । हामी लगानीकर्ताले नेपाल राष्ट्र बैंक सामु मौद्रिक नीतिको पूर्व सन्य्यामा हाम्रा यो यो माग छन ति मागलाई हुन सक्ने सम्म सम्बोधन गकियोस् भनि लेखेर दिने गरेका पनि छौ । तर ति हाम्रा मागलाई बेवास्था गरि रद्दिको टोकरिमा खन्याउने र एउटा पनि उचित मागको सम्बोधन गरिदैन । त्यसैको परिणती अहिले हामीले भोग्दै आएका छौ ।

अर्थमन्त्री ज्यू ,

यो समयमा नेपाल राष्ट्र बैंकले गर्नु पर्ने ३ वटा मात्र काम गरि दिने हो भने पनि अहिलेको बजारले केही गती भने अबश्य लिने थियो । त्यो के भने पहिलो, भारित औषत १०० प्रतिशत कायम गरिदिने । दोस्रो , १२ करोडको सिमा ( जुन बेला बजार उत्ताउलो थियो त्यो बेला सिमा लगाउनै पर्ने पनि थियो ) तर आज बजार धेरै तल आईसकेको हुनाले त्यो १२ करोडको सिमा पूर्ण रुपले हटाई दिनु पर्छ ।

तेस्रो, बजारमा ब्याजदरले ठूलो आतंक मच्चाई रहेको छ त्यो पनि नेपाल राष्ट्र बैंकले कडिकडाउका साथ घटाउन कम्मर कस्नु पर्छ । तर नेपाल राष्ट्र बैंकले यि कुरा तर्फ ध्यान नदिएर ५८ लाख डिम्याट धारी लगानीकर्ताको गर्दनमा बर्षाई रहेको तरवार अर्थमन्त्री ज्यूले ढाल बनि लागानीकर्ता बचाउने तिर लागि दिने हो भने कारोबार रकम पनि बढने , राज्यले कर ईत्यादी माध्यमबाट ठूलो मात्रामा राजश्व संकलन पनि गर्ने र आम लगानीकर्तारो मुहारमा पूनः चमक फर्किने थियो । हामीले सेयर बजारमा भोग्दै आएको अन्याय अत्याचारको बिरुद्ध बिनम्रता पूर्वक

अर्थमन्त्री ज्यूले ५८ लाख डिम्याटधारीको ज्यान बचाई दिनको लागी एक पटक "ढाल" बनि खडा भै आम लगानीकर्ताको जिवन रक्षाको खातिर समर्पित भैदिनु हुन यो खुल्ला पत्र मार्फत आव्हान गर्न चाहन्छु । धन्यवाद ।


प्रतिक्रियाहरू

SHYAM KUMAR SHAH

2 years ago

महा प्रसाद अधिकारी हटाऊ यों भन्दा बिज्ञ मान्छे ल्याऊ यस्ता पाटीका का दले हरू गवर्नर हुन्छ भन्ने देश काे आउने दीन मा यो भन्दा भ्यावक हुन्न भन्न सकिँदैन जय मातृभूमि जय नेपाल 🙏🙏🙏🙏🙏

Ramchandra Neupane,

2 years ago

Hamro nibedan ko sakdo chito se chitto sambodan hos bhanne kamana gardachhu.

Ashok Gurubg

2 years ago

Agreed

Hareram Raut

2 years ago

NRB & SEBON RAHU & KETU For Nepal Share Market

सम्बन्धित खबर