लाभांश पारित गर्न माउन्टेन इनर्जीले डाक्यो साधारणसभा, हकप्रद निष्काशनको प्रस्ताव
काठमाडौं । लाभांशसहित हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न माउन्टेन इनर्जी नेपाल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको पुस १ गते बसेको संचालक समिती बैठकले पुस २८ गते, आइतबार, अम्रपाली ब्याङ्क्वेट केटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले कम्पनीले गत आर्थिक बर्षबाट प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ११ गते बुकक्लोज गर्नेछ त्यसैले पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।
Shares