नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा नेपाल-श्रीलंका चेम्बरको नयाँ कार्यसमिति निर्वाचित

अर्थकागज
प्रकाशित: ०९ मंसिर २०८३
Image description

काठमाडौँ — नेपाल-श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभाबाट नरेन्द्र बल्लभ पन्त नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । साधारणसभाले पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुका साथै नेपाल-श्रीलंका व्यापार, पर्यटन तथा आर्थिक सम्बन्ध सुदृढीकरणमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

पन्तको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदीप लाल श्रेष्ठ तथा उपाध्यक्षहरूमा चंकी छेत्री र सुदेश उपाध्याय चयन भएका छन् । त्यस्तै, महासचिवमा शिवांगी शाह, कोषाध्यक्षमा अभिषेक अग्रवाल तथा सचिवमा मनिष राजभण्डारी र सुनिता सिंह निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष (इमिडिएट पास्ट प्रेसिडेन्ट) को जिम्मेवारी विजयबहादुर श्रेष्ठलाई दिइएको छ भने राजेश काजी श्रेष्ठलाई मानार्थ सदस्यको रूपमा सम्मान गरिएको छ ।

नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा राजेश शाक्य, धिरज कार्की, सुमन श्रेष्ठ, रञ्जन खड्का, रश्मि जोशी, सुधीर अग्रवाल, विवेक झा, सुमेध शाक्य, रिकेन महर्जन र नवराज बजगाई रहेका छन् । जय देवान र डा. हरिलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

साधारणसभामा नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटियाले नेपाल र श्रीलंकाबीच व्यापारिक सम्बन्ध विस्तार गर्न व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यापार मेला, प्रदर्शनी, बीटुबी भेटघाट तथा क्षेत्रगत सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । उनले दुई देशका व्यवसायीबीच नियमित संवाद, बजारसम्बन्धी सूचना आदानप्रदान, लगानीका अवसर पहिचान तथा व्यवसायीले सामना गरिरहेका समस्याको समाधानका लागि संस्थागत रूपमा व्यवस्थित संयन्त्र विकास गर्नुपर्ने बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर