आईएमई लाईफको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली जेठ १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएकोले आज जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
कम्पनीको ७ औँ वार्षिक साधारण सभा जेठ २८ गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि शुरु हुनेछ। सभाले लाभांश सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Shares