एभरेस्ट बैंक र बीरगञ्ज आँखा केन्द्रद्वारा बारामा निःशुल्क आँखा शिविर, सय जनाको मोतियाबिन्दु शल्यक्रिया

अर्थकागज
प्रकाशित: १५ कात्तिक २०८२
Image description

पंचगावाँ । एभरेस्ट बैंकको ३१औँ वार्षिकोत्सवको अवसरमा बाराका विभिन्न गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न गत सता सम्पन्न गरिएको थियो । विपन्न, सिमान्तकृत र दलित समुदायका नागरिक लक्षित उक्त शिविर एभरेस्ट बैंक प्रदेश कार्यालय मधेस प्रदेशको आयोजनामा र बीरगञ्ज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको थियो ।

शिविरमा करिब ६०० जना महिला र पुरुषको आँखा परीक्षण गरिएको थियो। तीमध्ये १०० जनामा मोतियाबिन्दु फेला परेपछि बिरामीहरूलाई बीरगञ्ज सामुदायिक आँखा केन्द्रमा ल्याई काठमाडौका वरिष्ठ नेत्र सर्जन डा. सागर रुइतको टोली र नेत्र सर्जरहरुको टोली द्वारा निःशुल्क शल्यक्रिया गरिएको मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिनुभयो।  भरेस्ट बैंकका प्रदेश प्रमुख पुष्पराज उप्रेतीले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य र मानवसेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सामाजिक सेवा र मानवतामूलक भावनासँग जोडिएको यस अभियानले बाराका नागरिकमा आँखा स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गराएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर