हिमालयन रिको आईपीओमा आवेदन दिनु भयो ?
प्रकाशित:
०१ पुस २०८०
काठमाडौं । हिमालयन रिइन्सुरेन्सको आईपीओमा आवेदन दिने दिन आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले मागभन्दा कम आवेदन परेर आइतबार आइपीओमा आवेदन दिने समय थप गरेको थियो । तथापि, आइतबार नै मागभन्दा बढी आवेदन परेकोले आज कार्यालय समयपछि बन्द हुने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
सीडीएस एण्ड क्लियरिङ कम्पनीको अनुसार आइतबार ५ बजेसम्म १४ लाख ६० हजार ११७ जनाले २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई जारी भएको कित्ताको मागभन्दा १.१२ गुणा बढी आवेदन हो ।
बुधबारदेखि खुलेको आईपीओमा चौथो दिनमा पूर्ण रुपमा आवेदन परेको हो । कम्पनीले धेरै सेयर संख्या जारी गरेकाले अधिकांश सर्वसाधारणले माग गरेजति नै सेयर पाउने संभावना देखिएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको आईपीओमा पूर्ण रुपमा आवेदन परेकाले सोमबारदेखि आवेदन लिने कार्य बन्द हुनेछ ।
कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा आईपीओ खुला गरेको हो । हिमालयनको जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता आईपीओ सर्वसाधारणलाई जारी गर्न यसले धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ । यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागिएको हो ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यो आइपीओ भर्न सकिनेछ । यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देखिदैन ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares