सुपरमाई हाइड्रो पावरको साधारणसभा भव्य र सभ्य रुपले सम्पन्न

काठमाडौं । सुपरमाई हाइड्रो पावर लिमिटेडले ९औं वार्षिक साधारणसभा आज अर्थात असोज २६ गते भव्य र सभ्य रुपले सम्पन्न भएको छ ।
साधारणसभामा आर्थिक वर्ष (आव) २०७९/८० को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरणमा छलफल गरी पारित गरेको छ । यसैगरी, आव २०८०/८१ का लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको कम्पनी आर्थिक वर्ष (आव) २०७६/७७ देखि नियमित मुनाफा आर्जन गर्दै आएको छ । यो कम्पनीले आयोजनाको काम निर्धारित तालिकाभन्दा २१ महिना अगावै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको थियो ।
आयोजनाबाट मुनाफा आर्जन भएसँगै कम्पनीले आफ्नो सेयरधनी सदस्यलाई नियमित प्रतिफल वितरण गर्दै आएको छ । आव २०७६/७७ मा ७.१५ प्रतिशत, आव २०७७/७८ मा ११.५ प्रतिशत र आव २०७८/७९ मा ३० प्रतिशत नगद लाभांस लाभांस वितरण गरेको कम्पनीका अध्यक्ष अशोककुमार खड्काले बताए । आव २०७९/८० मा भने कम्पनीले थप मजबुत, सबल र आगामी दिनमा पर्न सक्ने जोखिम निराकरण गर्न सक्ने क्षमता बनाउने उदेश्यअनुरुप लाभांस घोषणा नगरिएको जनाएको छ ।
यसैगरी, कम्पनीले आव २०७९/८० मा १० लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरेको थियो । जसमा १० हजार कित्ता कर्मचारी, २५ हजार कित्ता सामुहिक लगानी कोष, ५० हजार कित्ता वैदेशिक रोजगारीमा जाने नेपाली, ५ लाख कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिनेश कुमार बर्तौला रहेका छन् । बर्तौलासँग उर्जा क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ ।
कम्पनीको आव २०७९/८० मा विद्युत् बिक्री गरी २१ करोड ७१ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
Shares