एक्स कस्मोपोलिटिएनले नेपालमा पहिलो पटक सुरु गर्यो रिभर्स एजिङ सेवा, नक्सालमा आउटलेट
काठमाडौं । नेपालमा रिर्भस एजिङको अनुभव दिने उद्घेश्य सहित स्थापना भएको एक्स कस्मोपोलिटिएनको फ्रेवरी ७ मा विधिवत रुपमा उद्घाटन भएको छ ।
दुवईका राजपरिवारका सदस्य महामहिम शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्ममी महासंघकी अध्यक्ष श्रीमति शोभा ज्ञवालीले रिबन काटेर कम्पनीको उद्घाटन गर्नु भयो । योसँगै नक्शालमा कम्पनीको आउटलेट संचालनमा आएको छ ।
प्राकृतिक रुपमा नै मानिसको आयु १२० बर्ष भएता पनि मानिसको चेतनाको कमीले औसत आयु घट्दै गईरहेको हालको अवस्थालाई मध्यनजर गरेर एक्स कस्मोपोलिटिएनले समुन्द्र सतह देखि ३ हजार मिटर देखि ६५ सय मिटरको उचाईमा पाईने विभिन्न हिमालयन जडीबुटिको प्रयोग गरी मानिसलाई स्वयंम आत्मनिर्भर भई १२० भन्दा बढी उमेरको दीर्घ जीवन सम्भव छ भन्ने कुरालाई यस कम्पनीले संसारभरी चेतना फैलाउने उद्घेश्य रहेको छ ।
एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवाहरु उपलब्ध गरिएको छ । वेलकेयर अन्र्तगत आजको एडभान्स प्रविधि र प्राकृतिलाई संयुक्त रुपमा परिचालन गरी मानिसहरुको मेटावोलिजम बढाउने, मानिसको आन्तरिक तथा बाह्य सुन्दरतालाई अनन्तता दिने कार्य गरिन्छ । सुभनियर बुटिक अन्र्तगत नेपालको समुन्द्री सतह देखि ६५०० मिटर सम्मको हिमाली उचाईमा पाईने विभिन्न हिमाली जडिबुटी, हिमाली चिया, भिर मह, हिमाली केशर, यार्चागुम्बा, सिलाजित, सिस्नो लगायत विभिन्न पहाडी ईलाकामा पाईने जडिबुटिबाट उत्पादन गरिएको विभिन्न प्राकृतिक अत्यावश्यक दैनिक रुपमा विशेष प्रयोग हुने साम्रागीहरु विक्रीको लागी राखिने छ । विशेषतः नेपाली लगायत नेपालमा घुम्न आउने पर्यटकहरुलाई नै लक्षित गरेर शोभनियर बुीटकको स्थापना गरिएको छ ।
कम्पनीले प्राकृतिक रुपमा उपलब्ध भएको बस्तुहरुलाई जस्ताको तेस्तै बजारमा ल्याउदै छ । यो संसारभरिका सम्पुर्ण मानिसहरुको लागी फलदायक छ । कम्पनीले उत्पादन गर्ने साम्रागीहरुमा केमिकलको प्रयोग हुने छैन । नेपाली मौलिक स्वादलाई प्राथमिकतामा राखी सबै उमेर समुहका मानिसहरुले प्रयोग गर्न उपयुक्त हुने सामाग्रीहरुको उत्पादन तथा विक्री वितरण कम्पनीले गर्नेछ । विभिन्न जडिबुटीका साथसाथै नेपालमै उत्पादित पश्मिनालाई पनि अन्तराष्ट्रिय तथा रिटेल स्टोरहरुमा बिक्री गर्ने कम्पनीको लक्ष्य छ ।
Shares