निफ्राले लाभांश नदिने
प्रकाशित:
१३ कात्तिक २०८१
काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको कार्तिक १३ गते बसेको संचालक समितिको बैठकले आ.व. २०८०/८१ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
बैंकका अनुसार बैंकको आ.व. २०८०/८१ को वित्तीय विवरण अनुसारको खुद मुनाफा एक अर्ब बत्तीस करोड अन्ठानब्बे लाख चालीस हजार आठ सय चालीस रुपैंया थियो। जसमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु पश्चातको वितरणयोग्य मुनाफा छ्यत्तर करोड पन्चानब्बे लाख चौंतीस हजार छ सय अठार रुपैंया रहेको थियो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares