आगामी बर्ष शिखर इन्स्योरेन्सले डबल डिजिटमा सेयरधनीलाई लाभांश दिनेछ : अध्यक्ष अग्रवाल

अर्थकागज
प्रकाशित: १२ फागुन २०८१
Image description

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवालले आगामी आर्थिक बर्ष २०८१/८२ मा लगानीकर्ताहरुलाई डबल डिजिटमा लाभांश वितरण गर्ने  बार्षिक साधारणसभामा बताएका  छन् । आज फागुन १३ गते सम्पन्न कम्पनीको २० औँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । 

कम्पनीले गत आर्थिक बर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीबाट  १०.५२६३ प्रतिशत लाभांश दिएको छ । जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको १९ औँ बार्षिक साधारणसभा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । सभामा २५ जना सेयरधनीले बोलेका थिए । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर