भन्सार छली ल्याएको ३३ बोरा चिनी प्रहरीको फन्दामा

अर्थकागज
प्रकाशित: १७ असोज २०८०
Image description

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले गए राती गाईघाट बजारबाट भन्सार छली भारतबाट ल्याएको ३३ बोरा चिनी पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ ।

चाडपर्वको मुखमा गाईघाट बजारमा अबैध मालसामान बिक्री वितरण भैरहेको हल्ला चलिरहेको समयमा कालो बजारी गर्ने मनसायले मौज्दात भएका सामान पनि कृत्रिम अभाव सिर्जना गरी मुल्य वृद्धि गरेर बिक्री वितरण गर्ने गरेको व्यापक चर्चा भैरहेका बेला प्रहरीले उक्त परिणामको चिनी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले दिएको जानकारी अनुसार गएराती १२ बजेपछि दक्षिणतिरबाट उत्तरतिर आएको हाफ डाला भएको पिकअपमा ३३ बोरा चिनी भन्सार छलेर ल्याइएको थियो । त्रियुगा नगरपालिका वडा नं ११ का ३५ वर्षिय रंजित चौधरीले स. १ ज १४७८ नम्बरको गाडीमा भन्सार छलेर ३३ बोरा चिनी (१६५० केजी) र १० केजी सखर ल्याएकोमा चिनी र गाडी सहित नै सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशीमा बुझाईको छ । बरामद चिनीको बजार मुल्य १ लाख २३ हजार ७५० र सखरको रु.५ सय गरी जम्मा १ लाख २४ हजार २५० रहेको सुचना अधिकारी चौधरीले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर