एनएलजी इन्स्योरेन्सको हकप्रद संशोधन

अर्थकागज
प्रकाशित: २४ भदौ २०८१
Image description

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरको दर संशोधन गरेको छ । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले हकप्रद सेयरको प्रतिशतलाई पुनरावलोकन गर्दै फेरि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । इन्स्यारेन्सले अब ६२.५६ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले यस अघि ६६ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको थियो । तर, सो हकप्रद शेयर स्वीकृत हुनुभन्दा अगाडि नै ५.५० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएकोले इन्स्योरेन्सले हकप्रद सेयरको दर संशोधन गरेको हो। यस अनुसार अब इन्स्योरेन्सले हाल कायम १० कित्ता बराबर नयाँ ६.२५६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर