९.६ प्रतिशत लाभांश वितरण गर्न नबिल ब्यालेन्स्ड फण्ड २ ले तोक्यो बुकक्लोज मिति
प्रकाशित:
१४ असोज २०८०
काठमाडौँ । नबिल ब्यालेन्स्ड फण्ड २ ले बुकक्लोज मिति तोकेको छ ।
फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार असोज २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने ईकाईधनीहरुले मात्रै फण्डको लाभांश प्राप्त गर्न सक्नेछन् ।
फण्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ९ दशमलव ६ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares