एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २९ पुस २०८०
Image description

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल ५.७८९४७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमा चुक्तापूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९१ रुपैयाँको ५.५० प्रतिशतले हुन आउने ८ करोड २ लाख ६० हजार १६९ रुपैयाँबराबरको बोनस सेयर र ०.२८९४७ प्रतिशतले हुन आउने ४२ लाख २४ हजार २१९ रुपैयाँबराबरको नगद लाभांश रहेका छन् ।

कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेर सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर