आशुतोष इनर्जीको लाभांश घोषणा, असोज २० गते साधारणसभा

प्रकाशित:
३० भदौ २०८१

काठमाडौं । आशुतोष इनर्जी प्राईभेट लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशतका दरले २ करोड ५२ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले असोज २० गते साधारणसभा बोलाएको छ ।
सभाले लाभांश सहित संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares