निफ्राको ऋणपत्र बिकेन, आवेदन दिने म्याद पुनः थप

अर्थकागज
प्रकाशित: २२ जेठ २०८२
Image description

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेदेखि निष्कासन गरेको ५ अर्ब रुपियाँबराबरको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८–८९’ मा आवेदन दिने म्याद पुनः थप भएको छ ।

बैंकले यसअघि निष्कासन बन्द छिटोमा जेठ २१ गते हुने भनेको थियो । तर सरकारले जेठ १८ गते उपत्यकामा सार्वजनिक बिदा दिएकाले एक दिन म्याद थपेर एक दिन थपेर जेठ २२ गते कायम गरेको थियो ।

आज पुनः एक सूचना प्रकाशित गरी म्याद थपिएको जानकारी गराएको हो । अब लगानीकर्ताले जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर