उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने, दोहोरो मूल्य कायम गर्ने तयारी
नेपाल आयल निगमले औद्योगिक प्रयोजनमा खपत हुने ग्यास परल मूूल्यमा बिक्रि गर्ने तयारी गरेको छ । घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेको निगमले जनाएको छ ।
निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले ठुुला र बढी ग्यास खपत गर्ने औद्योगिक क्षेत्रमा परल मूल्यमा ग्यासको बिक्रि गर्ने गरी तयारी भइरहेको जानकारी दिनुुभयो । घरायसी र व्यावसायिक प्रयोगका लागि हाल एउटै मूल्य कायम छ, उहाँले भन्नुुभयो, “उपभोक्ताका लागि हालकै मूल्य र औद्योगिक प्रयोजनका लागि परल मूल्यमा विक्रि गर्ने गरेका छौँ ।” दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेकाले जतिसक्दो छिटो कार्यान्वयनमा ल्याइने उहाँले जानकारी दिनुुभयो ।
निगमका अनुसार १० देखि १५ प्रतिशत ग्यास ठुुला औद्योगिक क्षेत्रमा खपत हुने अनुुमानसहित मासिक धेरै ग्यास खपत गर्ने होटेल रेस्टुुरेन्टमा खपत हुने ग्यासमा परल मूल्य कायम गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुुभयो । आद्योगिक क्षेत्रमा सबैभन्दा धेरै खपत हुने ठाउँमा परल मूल्यमा बिव्रmी गरिने र साना साना होटेल रेस्टुुरेन्टमा हालकै मूल्य कायम गर्ने तयारी गरिएको निगमले जनाएको छ । यसअघि निगमले ग्यासमा दोहोरो मूल्य कायम गर्ने गरी उद्योगीले दुुई रङको सिलिन्डर बनाए पनि जुुन कार्यान्वयनमा आउन सकेको थिएन ।
निगमका अनुसार हाल घरायसी प्रयोजनका लागि प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ८९५ रुपियाँ रहेको छ । हाल प्रतिसिलिन्डर ग्यासमा तीन सय रुपियाँ नोक्सान रहेको छ । ग्यासको लागत मूल्य दुुई हजार १९५ रुपियाँ रहेको छ । परल मूल्य लागुु भएपछि उद्योगलाई प्रतिसिलिन्डर ग्यास दुुई हजार १९५ रुपियाँ पर्ने छ । छिमेकी मुलुक भारतमा घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासमा छुुट्टाछुुट्टै मूल्य निर्धारण गरेको छ । तर नेपालमा भने घरायसी प्रयोजनसँगै पाँचतारे होटेलदेखि सामान्य चिया पसलमा प्रयोग हुने ग्यासमा एउटै मूल्य कायम रहेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।
Shares