१ हजार लगानी गरेर २६ हजार बनाउने अवसर, विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम मौका !

अर्थकागज
प्रकाशित: २५ चैत २०८१
Image description

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा  आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले चैत २१ गतेदेखि आज अर्थात चैत २६ गतेसम्म  एफपीओ निश्कासन गरेको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपियाँका दरले कुल ५१ हजार २९२।५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गरेको हो । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ५ हजार १२९ जनालाई मात्रै १०–१० कित्ता पर्ने भएकाले आवेदन १० कित्ताका लागि मात्रै दिँदा उपयुक्त हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार सोमबार साँझ ५ बजेसम्म १६ लाख ९३ हजार ८५९ जनाले २ करोड ९१ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर