मुस्किल र मेहनतका बीचमा लेखिएको कथा-'हाम्रो बैंकिङ यात्रा'

अर्थकागज
प्रकाशित: ०१ साउन २०८२
Image description

मानो रोपेर मुरी थन्क्याउने किसान जस्तै, यो आर्थिक वर्षभरि हामी सबैले गरेको अथक प्रयास, पसिना र धैर्यलाई आज आत्मसमीक्षा गर्ने समय हो।

कतिले लगभग लक्ष्य भेटिसके, कतिले अझै प्रयासरत छन् - हुन त लक्ष्य त कहिल्यै पूर्ण हुँदैन, जति गरे पनि अझ अगाडि बढ्नुपर्ने नै हुन्छ।

तर, अब यो आर्थिक वर्ष लगभग टुंगिनै लागेको छ ।

जति गरियो, अघिल्लो वर्षभन्दा राम्रै गर्न प्रयास गरियो भन्ने सोच्दै, हाँस्दै, मुस्कुराउँदै!

 अहिले व्यवस्थापन र सेयरधनीहरू सोचमा हुनुभएको होला।

 व्यवस्थापनले भन्दै होला, “गत वर्षभन्दा त राम्रै भयो त!” भन्ने मनस्थितिसहित,

कति बोनस दिने स्टाफलाई, कति डिभिडेन्ड दिने सेयरधनीलाई — अनि अर्को वर्ष अझ राम्रो नतिजा ल्याउने रणनीति बनाउने अवसर यही हो।

स्टाफहरू भोलि बिहानै मोबाइलमा बोनसको सूचना आउला कि साँझ — भन्ने उत्सुकतासहित, आफूले गरेको मेहनतको फल लिन तयार छन्।

यी सबै प्रयासहरूको पछाडि एउटै उद्देश्य छ — बैंक, ग्राहक, र हामी सबैको समृद्धि।

साझा मेहनतले यो वर्षलाई अघिल्लो वर्षभन्दा राम्रो बनाउनु पर्ने हो — जुन माहोल अहिले देखिँदैछ,

सबै आन्तरिक र बाह्य तथ्यांकले पनि त्यसै भन्छ।

राष्ट्र बैंकको नीतिले व्यवसायी, बैंक, रिटेलर, सेयर बजार — सबैले केहि न केहि राहत पाएका छन्,

यो पनि सकारात्मक संकेत नै हो।

अहिलेको चुनौती र अवसरलाई बुझेर अघि बढ्न सके,

आउँदो आर्थिक वर्ष झन् राम्रो हुनेमा पूर्ण विश्वास छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर