तीन सय सैँतिस बैङ्क गाभिएर एक सय नौ कायम
चालु आवको फागुन मसान्तसम्म वाणिज्य बैङ्कका पाँच हजार ४१, विकास बैङ्कका एक हजार १३५, वित्त कम्पनीका २८८ र लघुवित्त वित्तीय संस्थाका पाँच हजार १३० गरी बैङ्क तथा वित्तीय संस्थाका कुल शाखा सङ्ख्या ११ हजार ५९४ पुगेको छ । यस अनुसार बैङ्क तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा करिब दुई हजार ५१५ जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको राष्ट्र बैङ्कले जनाएको छ ।
यस्तै चालु आवको फागुन मसान्तमा राष्ट्र बैङ्कले बैङ्कबाट विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र लिएका संस्थाको सङ्ख्या तीन हजार ५२७ रहेको छ । यी संस्थामध्ये विपे्रषणसम्बन्धी कारोबार गर्ने कम्पनीकोसङ्ख्या ३६ र मनिचेन्जर कम्पनीको सङ्ख्या ३३२ रहेको छ । इजाजतपत्र प्राप्त मनिचेन्जरमध्ये १५३ वटा काठमाडौँ उपत्यकाभित्र र १७९ वटा काठमाडौँ उपत्यकाबाहिर सञ्चालनमा रहेका छन् ।
समीक्षा अवधिमा विदेशी मुद्राको कारोबार गर्न स्वीकृति लिएका फर्म÷कम्पनीमा होटेल २३६, ट्रेकिङ १,७३९, ट्राभल एजेन्सी ९७०, कार्गो ६४, एयरलाइन्स ७२, वाणिज्य बैङ्क २०, विकास बैङ्क आठ, वित्त कम्पनी छ अन्य ४४ रहेका छन् । गोरखापत्र दैनिकबाट ।
Shares