नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?
प्रकाशित:
०९ मंसिर २०८२
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मङ्सिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares