घलेम्दी हाइड्रोका सेयरधनीलाई लगानीको अवसर ! आजदेखि २०० प्रतिशत हकप्रद सेयर बिक्री खुला

अर्थकागज
प्रकाशित: १० मंसिर २०८०
Image description

काठमाडौं । घलेम्दी हाइड्रोपावरको आज देखि अर्थात मंसिर १० गतेदेखि २०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।   कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब १० करोड रुपैयाँ बराबरको अर्थात १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 

सेयरधनीले घलेम्दी हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयरको लागि यसले कात्तिक ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले आइएरएन बी रेटिङ्ग प्रदान गरेको छ ।

कहाँबाट आवेदन दिने ?

यस हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको हो । छुजुङ खोला जलविद्युत आयोजना सांग्रिला उर्जा प्रालिद्धारा प्रवद्धित कम्पनी हो । हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर