भगवति हाइड्रोपावरको १४.७३ प्रतिशत लाभांश घोषणा, नगद र बोनश कति ?

प्रकाशित:
२३ भदौ २०८१

काठमाडौं । भगवति हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
भदौ २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कम्पनीको हालको चुक्ता पुँजीको १४.७३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले ४ प्रतिशत बोनश सेयर र १०.७३ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले असोज १६ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares