लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट पायो स्वीकृति

अर्थकागज
प्रकाशित: १३ असोज २०८१
Image description

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

बोर्डको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको हो । कम्पनीको हकप्रद निष्कासनका लागि विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

स्वीकृति पाएसँगै अब कम्पनीले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी ५ अर्ब पुग्नेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर