कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काईवाकमा २५ प्रतिशत छुट

अर्थकागज
प्रकाशित: २१ साउन २०८२
Image description

काठमाडौं । कामना सेवा विकास बैंकले कमलादी, काठमाडौं स्थित (Skywalk Nepal )सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काईवाक नेपाल Skywalk Nepal को टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र Skywalk Nepal का विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गर्नुभएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर