कुमारी बैंक लाई “Excellence in Consumer Cards-Credit” अवार्ड
काठमाडौं । कुमारी बैंक लिमिटेडले “Excellence in Consumer Cards - Credit” अवार्ड प्राप्त गरेको छ । पुष ३ गते “Leadership Conclave Nepal 2023” सम्मेलनको आयोजना भएको थियो । सो आयोजित Leaders’ Conclave सम्मेलनमा VISA International द्वारा कुमारी बैंक लिमिटेडलाई “Excellence in Consumer Cards - Credit” अवार्डले सम्मानित गरिएको छ ।
आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Shares