२७ प्रतिशतले बढ्यो अपि पावरको नाफा, बिद्युत बिक्रि आम्दानी ६२ करोड


काठमाडौं ।अपि पावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी भने १२६ प्रतिशतले बढेर ६२ करोड ९२ लाख रुपैयाँ रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ११७ प्रतिशत बढेको छ। बिद्युत बिक्रि आम्दानीमा ब्यापक बृद्धि भएपनि बित्तिय खर्च बढ्दा कम्पनीको नाफामा बृद्धि कम देखिएको हो ।
खुद मुनामा बृद्धि भएपनि कम्पनीको चुक्ता पूँजीमा आएको बृद्धिले समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) घटेर २ रुपैयाँ ७५ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.३१ रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
Home prasad Neupane
2 months ago
सकारात्मक सन्देश
Shares