दिगो गतिशीलतामा उत्कृष्ट योगदानका लागि एमएडब्लू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ मा सम्मानित

अर्थकागज
प्रकाशित: १५ मंसिर २०८१
Image description

काठमाडौं, नेपाल ।  विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुईवटा महत्वपूर्ण सम्मान प्राप्त गर्दै विश्वव्यापी मञ्चमा आफ्नो मान्यता स्थापित गरेको छ।

अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक श्री विष्णु कुमार अग्रवाललाई लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४ प्रदान गरिएको थियो। यो मान्यताले नेपालमा फोटोन ईभी सवारी साधनहरू अपनाउदै दिगो ऊर्जा समाधानतर्फ राष्ट्रको यात्रामा अग्रणी भूमिका निर्वाह गर्ने एमएडब्लू वृद्धी कमर्शियलको महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्दछ।

ग्रुपलाई थप पहिचान दिलाउने क्रममा एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ताले नेपालमा ईभी भ्यानका लागि एक्सेलेन्स इन सेल्स अवार्ड २०२४ प्राप्त गरे। यस उपलब्धिले एमएडब्लू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुन: परिभाषित गर्ने नवीन रणनीतिहरूलाई प्रकाश पार्छ। var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर