अर्काे वर्ष सेयरधनीलाई २० प्रतिशत लाभांश दिन्छौं : चन्द्रप्रसाद ढकाल,अध्यक्ष-ग्लोबल आइएमई बैंक


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक वर्ष ८०/ ८१ मा सेयरधनीलाई २० प्रतिशत लाभांश दिने बताएका छन् ।
आज अर्थात मंसिर २८ गते सम्पन्न बैंकको १७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आर्थिक वर्ष ८० /८१ वर्षमा सेयरधनीलाई १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने बताएका हुन् ।
सभा हलबाटै यो आर्थिक वर्षमा सेयरधनीलाई २० प्रतिशत लाभांश दिने गरी काम गर्न व्यवस्थापनलाई अध्यक्ष ढकालले निर्देशन समेत दिएका थिए ।
साधारण सभामा बोल्ने सेयरधनीहरुले गत आर्थिक वर्षको लाभांश कम भएकोले यो आर्थिक वर्षमा लाभांश बढाउन आग्रह गरेका थिए । बैंकले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट सेयर ८ प्रतिशत नगद र १ प्रतिशत बोनश सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिएको थियो ।
अध्यक्ष ढकालले बैंकको हरेक सुचक नेपालको नम्वर वान हुने तवरले बैंकको संचालक र व्यवस्थापन लागि परेर काम भैरहेको बताएका छन् ।
प्रतिक्रियाहरू
Bsharma
1 year ago
Nabil le 3 barshasamman 30 % dine bhanejastai ta hola ni !
Shares