एनआइसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
काठमाडौं – एनआइसी एसिया बैंकको अध्यक्षमा अशोक अग्रवाल नियुक्त भएका छन् । सञ्चालक समितिको बुधबारको बैठकले अग्रवाललाई अध्यक्ष नियुक्त गरेको हो । यसअघिका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो । अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पर्याएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्नुहुने उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने दृढ विश्वास लिएको छ ।
Shares