बोलेरो गाडी दुर्घटनामा मृत्यु हुनेको सख्या ८ पुग्याे

माधव पाेखरेल
प्रकाशित: ३० फागुन २०८०
Image description

उदयपुर। उदयपुरको बेलका नगरपालिका ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ । एक जना घाइतेको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीकोबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो । मृृतकहरुको पहिचान समेत खुलेको प्रहरीले जनाएको छ ।

उदयपुर प्रहरीका अनुसार बोलेरोमा सवार रहेका चालक हतुवागढी गाउँपालिका–२ का ४२ बर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका–२ की ७० बर्षीया पर्वतमाया राई, २३ बर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका –९ का ६८ बर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका–५ की ३० बर्षीया राम कुमारी राई, र सुनसरीको ईटहरीका ४५ बर्षीय कमल अधिकरीको घटनास्थलमा मृत्यु भएको थियो ।

हतुवागढी गाउँपालिका –५ का ४२ बर्षीय किसान राईको धरानको बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका–५ का ३७ बर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी २० बर्षीया मिनु राई, सोही स्थानकी ३६ बर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका–२ की ३२ बर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका–१ का १७ बर्षीय सुनिल परियार, सोही स्थानकी १७ बर्षीया सबिना परियार, ईटहरी–१७ सुनसरीकी ३४ बर्षीया गायित्री कट्वाल, उनकै ८ बर्षकी छोरी निकिता कट्वाल र ईटहरी–१७ की २९ बर्षीया रमा थापाको बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको उदयपुरका प्रहरी प्रमुख रमेश थापाले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर