११-२-२०८१, शुक्रबार

प्रभु बैंकले डाक्यो साधारणसभा, लगानीकर्ताको हात खाली

अर्थकागज
प्रकाशित: २०८०-१२-२७
Image description

प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले चैत्र २३ गते शुक्रबार बसेको संचालक समिती बैठकले बि.स २०८१ साल बैशाख २० गते बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमांडौमा २२ औँ साधारणसभा बोलाउने निर्णय गरेको हो ।

बैंकको साभारणसभा बिहान १० बजेदेखि सुरु हुने छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले २०८१ बैशाख ४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ त्यसैले बैशाख ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर