देशभर इन्टरनेट सेवामा समस्या
प्रकाशित:
१९ माघ २०८१
काठमाडौं । एयरटेलको इन्टरनेटको नेटवर्कमा समस्या आउँदा देशैभर इन्टरनेट डाउन भएको छ । आइतबार करिब ९ बजेदेखि सबै मोबाइल तथा इन्टरनेट सेवाप्रदायकको सेवा निकै सुस्त भएको हो । भारतबाट नेपाल भित्रिने ४० प्रतिशत इन्टरनेटमा समस्या देखिएको छ।
नेपालमा भारतबाट आउने एयरटेलको नेटको हिस्सा करिब ४० प्रतिशत छ । यसको नेट अरु सेवाप्रदायकबाट बाइपास हुँदा सब नेट स्लो भएको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares