एनआईसि एशिया बैंकले भाखा नाघेको ब्याजमा ३५ प्रतिशतसम्म छुट दिने, जरिवाना र हर्जानामा १०० प्रतिशत छुट
प्रकाशित:
२२ जेठ २०८१
काठमाण्डौ । एनआईसि एशिया बैंक लिमिटेडले २०८०साल चैत्र समान्त सम्ममा भाखा नाघेका कर्जाहरुमा ब्याज भुक्तानी गरेमा ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने भएको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताको कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले छुट योजना ल्याएको जनाएको छ ।
२०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा १०० प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत अधिकतम ३५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
बैंकका अनुसार ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेकालाई १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्मलाई २५ प्रतिशत र ३६५ दिनभन्दा बढि भाखा नाघेका कर्जाहरुको ब्याज रकममा ३५ प्रतिशत छुट दिने जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares