१०० प्रतिशत हकप्रद निष्कासनका लागि छ्याङ्दी हाइड्रोले तोक्यो बुक क्लोजको मिति

अर्थकागज
प्रकाशित: २४ वैशाख २०८२
Image description

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि आउँदो जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यस कम्पनीले केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डबाट १ कित्ता साधारण शेयर बराबर १ कित्ता नयाँ शेयरका दरले हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको थियो।

बोर्डले कम्पनीलाई प्रतिकित्त अंकित मूल्य १ सय रुपैयाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो। हकप्रद निष्कासनबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्नेछ।

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गर्ने भएकाले जेठ १ गतेसम्म नेप्सेमा यस कम्पनीको साधारण शेयर खरीद गरेका लगानीकर्ताहरूले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।

प्रतिक्रियाहरू

* * * <a href="http://lebertcipher.ru/index.php?tglbr4">Snag Your Free Gift</a> * * * hs=c5f857a67271cde0198e46caef0cfa09* ххх*

10 months ago

hwdl0e

* * * Unlock Free Spins Today: http://lebertcipher.ru/index.php?tglbr4 * * * hs=c5f857a67271cde0198e46caef0cfa09* ххх*

10 months ago

hwdl0e

सम्बन्धित खबर