नेशनल बेष्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट २०२३ द्वारा नेपाल एसबिआई बैंक सम्मानित

अर्थकागज
प्रकाशित: ०५ साउन २०८१
Image description

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट नेपाल एसबिआई बैंक लिमिटेड सम्मानित भएको छ । बैंकले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरकोेमा आईक्यानले बैंकलाई उक्त प्रतिष्७ित अवार्ड द्वारा सम्मानित गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे लाई उक्त अवार्ड प्रदान गरेका थिए ।

नेपाल एसबिआई बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १ २१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर