एनआईसी एशिया क्यापिटलको सातौं वर्ष पुरा, ७ अफर योजना सार्वजनिक
काठमाडौं। एन आई सी एशिया क्यापिटल लिमिटेड मंगलबारबाट संचालनमा आएको सात वर्ष पुरा गरेको छ । संचालनमा आएको छोटो समयमा पनि कम्पनीले शेयरधनीलाई १८७.४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।
क्यापिटलले ७ वर्ष पुरा गर्दा ७ लाख २६ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको कम्पनीले जनाएको छ । क्यापिटलले सामूहिक लगानी कोष सेवा अन्तर्गत एउटा खुलामुखी र ५ वटा बन्दमुखी योजना मार्फत रु.५.६ अर्ब भन्दा बढी, पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत ६७५ जना भन्दा बढी ग्राहकहरुबाट रु.२ अर्ब भन्दा बढीको रकम व्यवस्थापन गरिरहेको कम्पनीले जनाएको छ ।
क्यापिटलले २२ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा दिन, १६ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, २ वटा बैंकको डिबेन्चर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र ३० वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरेको छ ।
क्यापिटलको ‘आईडिया टु आइपीओ’ अन्तर्गत २२ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न गरी ५ वटा प्रा.लि. कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आइपीओ निष्काशन समेत गरेको कम्पनीले जनाएको छ ।
यस्तो छ क्यापिटलको योजना
सातौँ वर्ष पुरा गेको उपलक्षमा क्यापिटलले “सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर” योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरु फाल्गुण २२ गतेदेखि ८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहने कम्पनीले जनाएको छ ।
लगानी व्यवस्थापन सेवा (पिएमएस)
क्यापिटलले वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र ७ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना रहेको छ । उक्त योजना २०८१ साल बैशाख ११ गतेसम्म मात्र संचालन हुने क्यापिटलले जनाएको छ ।
म्युचुअल फण्ड सेवा
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड”को स्टिमेटिक इन्भेष्टमेन्ट पाल्न (एसआईपी)मा आफर ल्याएको छ ।
सहभागि हुने इकाईधनीहरु मध्ये ७ जनाले ५०० रुपैयाँ बराबरको क्यापिटलको तर्फबाट एसआईपी रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआईपी ब्रोस्टरको सुविधा दिने कम्पनीले जनाएको छ । उक्त आफर फाल्गुन २२ देखि आगामि बैशाख ११ गतेसम्म हुने कम्पनीको भनाई छ ।
संस्थागत परामर्श सेवा
वार्षिक उत्सवको अवसरमा क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत ‘आईडिया टु आइपीओ’ सेवा ल्याएको छ । उक्त योजना अन्तरगत पहिलो ७ वटा कम्पनीहरुलाई मात्र ७ रुपैयाँमा आइपीओ जारी गर्ने तह सम्म पु¥याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । उक्त योजना फाल्गुण २२ गतेदेखि आगामि बैशाख ११ गतेसम्म सञ्चालन हुने कम्पनीको भनाई छ ।
डिम्याट खाता सेवा
हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा फागुन २२ गतेको मितिले एक हप्ताको लागि मात्र “७०० रुपैयाँमा लाईफ टाईम डिम्याट खाता रिनेबल” गरिदिने भएको छ ।
मेरो शेयर सेवा
हाल क्यापिटलले मेरो शेयर खाता सुविधा अनलाई मध्यमबाट फागुन २२ गतेको मितिले एक हप्तासम्मको लागि मात्र “७०० रुपैयाँमा लाइफ टाईम मेरो शेयर रिनेबल” योजना सार्वजनिक गरेको छ ।
निःशुल्क डिम्याट खाता
एनआईसी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु र अनलाइन मार्फत मिति २०८१ आषाढ मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने भएको कम्पनीले जनाएको छ ।
शेयर रजिष्ट्रार सेवा
हाल क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मात्र ७०० रुपैयाँमा पहिलो एउटा कम्पनीलाई ‘ओटिसी मार्केट’मा सूचिकरण गरिदिने कम्पनीले जनाएको छ ।
Shares