सिंगटी हाइड्रोको अवितरित हकप्रद सेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने

प्रकाशित:
१२ चैत २०८०

काठमाडौं । सिंगटी हाइड्रोको अवितरित हकप्रद सेयर बोलकबोल बढाबढमार्फत आजदेखि बिक्री खुला भएको छ । कम्पनीद्वारा जारी सूचना अनुसार आज चैत्र १२ गतेदेखि चैत्र २० गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले १ः१ अनुपातमा फागुन २ गतेदेखी २२ गतेसम्म कुल एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा रितपूर्वक आवेदन दिने ७६ हजार २०० सय जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । त्यसबाहेक बाकिँ ४६ लाख ११ हजार ५ सय ३९ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्री हुन लागेको हो ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि आवेदन दिन सक्ने छन् । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares