प्रभु बैंकको नाफामा १५०० प्रतिशतले छलाङ्ग !

अर्थकागज
प्रकाशित: २० साउन २०८१
Image description

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा बृद्धि देखिएको छ । असार मसान्त सम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १५०० प्रतिशतले बढेको हो । बैंकले अघिल्लो वर्ष २८ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो ।

जबकी अघिल्लो वर्षको यही अवधिमा बैंकले २ अर्ब ८२ करोड रुवैयाँ नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ नाघेको छ । बैंकको सञ्चालन नाफा पनि ३५४.६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड रुपैयाँ नाघेको छ । गत वर्ष यसले १ अर्ब ५५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

यता, अघिल्लो वर्ष ५ अर्ब २१ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ५५ करोड ६८ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी , सञ्चालन नाफा बढ्नु तथा इम्पेयरमेन्ट चार्ज भारी मात्रमा घट्दा बैंकको नाफा भारी मात्रामा बढ्न पुगेको छ ।

हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड बढी पुगेको छ । रिजर्भ कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ११ पैसाले बढेर १९ रुपैयाँ ३ पैसा कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७६ पैसा रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर