माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँडको मिति र स्थान तय !

अर्थकागज
प्रकाशित: १६ असार २०८३
Image description

काठमाडौँ । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले साधारण सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको अनुसार शुक्रबार विहान ८ :३० बजे क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आईपीओ बाँडफाँड हुनेछ । 

कम्पनीले आगामी गत असार ३ गतेदेखि असार ८ गतेसम्म १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्कासन गरेको थियो । माग भन्दा धेरै आवेदन परेकाले आईपीओ गोलाप्रथा विधिबाट बाँडफाँड हुनेछ । 

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड सन् २०१४ नोभेम्बर १६ मा स्थापना भएको सार्वजनिक लिमिटेड कम्पनी हो । यसले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत् आयोजना सन् २०२४ जुलाई ३१ देखि सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर